Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता

बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता


  • 708
    Shares

    बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता

    काठमाडौं ।  नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका लागि बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

    बिहान ८ बजेबाट नाम दर्ता सुरु गरिएको थियो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार ११ बजेसम्म कोशीबाट-८३, मधेसबाट-८२, बागमतीबाट-६२, गण्डकीबाट-८०, लुम्बिनीबाट-१२२, सुदूरपश्चिमबाट-३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट-२९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् ।

    अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ ।  यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।

    विशेष महाधिवेशन काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - ११:५२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij