Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन


  • 799
    Shares

    विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

    काठमाडौं । नेपाली कांग्रेसको आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । 

    नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा व्यवस्थापनका लागि स्वयंसेवकहरू खटाइएको जानकारी दिएका छन् ।  महाधिवेशन स्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य डेस्कसमेत स्थापना गरिएको छ।

    सुरक्षाको दृष्टिले समेत स्वयंसेवकहरू तयारी अवस्थामा रहने र कुनै पनि असहज परिस्थितिमा सहभागीलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताएका छन्। 

    अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ ।  यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।

    कांग्रेसले आज दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - ११:०१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij