Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण


  • 1.3K
    Shares

    राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औं  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा आइतबार बिहान  माल्यार्पण गरेका छन् ।

    राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । 

    सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

    राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि उनका दिव्योपदेश मार्गदर्शन लिन सकिने बताएका छन् ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १०:३१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij