Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

रुकुम पूर्वबाट चुनाव लड्छु: प्रचण्ड

रुकुम पूर्वबाट चुनाव लड्छु: प्रचण्ड


  • 1.7K
    Shares

    रुकुम पूर्वबाट चुनाव लड्छु: प्रचण्ड

    सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले रुकुम पूर्वबाट प्रतिस्पर्धा गर्ने निश्चित भएको बताएका छन् ।

    शनिबार (पुस २६) रुकुम पश्चिमको सदरमुकाम खलंगामा आयोजित पार्टीको एकता सन्देशसभामा उनले यस्तो बताएका हुन् । "हुनसक्छ, म अहिलेको चुनाव रुकुमबाटै लड्छु । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,” उनले भने ।

    आउँदो फागुन २१ गते हुने निर्वाचनका निम्ति विभिन्न क्षेत्रबाट प्रचण्डको नाम सिफारिस गरिएको छ । कालीकोट–१, महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायत निर्वाचन क्षेत्रबाट उनको नाम सिफारिस गरिएको छ ।

    प्रचण्डले निर्वाचनपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका थिए ।

    प्रकाशित मिति :पौष २६ २०८२ शनिवार - २१:४९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij