Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बस्दै, त्यसपछि पत्रकार सम्मेलन

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बस्दै, त्यसपछि पत्रकार सम्मेलन


  • 3.4K
    Shares

    उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बस्दै, त्यसपछि पत्रकार सम्मेलन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति अगाडि बढ्न नसक्ने भएपछि कुलमान घिसिङ संरकक्ष रहेको उज्यालो नेपाल पार्टीले छुट्टै केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। 

    बैठक शनिबार (आज) दिउँसो साढे ४ बजेदेखि त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बस्ने छ। 

    बैठक सकिएपछि आकस्मिक पत्रकार सम्मेलन समेत आह्वान गरिएको छ। पत्रकार सम्मेलन साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बोलाइएको छ। 

    उज्यालो नेपालसँगको सहकार्य अगाडि नबढ्ने भएप्छि त्यसबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक पनि अहिले जुममार्फत बसिरहेको छ। रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो।

    पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमान रास्वापासँगको सहकार्य तोड्ने मनस्थितिमा पुगेका छन्।

    प्रकाशित मिति :पौष २६ २०८२ शनिवार - १६:०९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij