Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

यसपटक पनि कार्यान्वयनमा आएन अन्तरक्षेत्र मतदान

यसपटक पनि कार्यान्वयनमा आएन अन्तरक्षेत्र मतदान


  • 1.5K
    Shares

    यसपटक पनि कार्यान्वयनमा आएन अन्तरक्षेत्र मतदान

    काठमाडौं । आगामि फागुन २१ गत हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् ।

    २३, २४ भदौको जेनजी आन्दोलनपछि बनेको सरकारले २१ फागुनका लागि निर्वाचन घोषणा गरेसँगै अन्तरक्षेत्र निर्वाचनको माग भएको थियो । 

    अघिल्ला निर्वाचनका बेला पनि यस्ता माग उठ्ने गरेका थिए । तर, यसपटक आन्दोनकारी जेनजी समूहहरूले समेत सरकारमार्फत निर्वाचन आयोगलाई त्यस्तो व्यवस्थाको लागि दबाब बढाएका थिए । तर, यसपटक पनि निर्वाचन आयोगले अन्तर क्षेत्ररअन्तर जिल्ला निर्वाचनको व्यवस्था गर्न सकेन ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले यसपटक अन्तरजिल्ला मतदानको व्यवस्था नभएको जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १७:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij