Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ

इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ


  • 1.5K
    Shares

    इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका-७ का १९ वर्षीय क्रमिक उप्रेती रहेका छन्। उप्रेतीले ‘वाइड-स्पेस इन्टरनेसनल प्रालि’ को स्थायी लेखा नम्बर लगायतका महत्त्वपूर्ण कागजातहरू अनधिकृत रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ। ती कागजातको दुरुपयोग गरी इसेवा मर्चेन्ट वालेट र व्यक्तिगत इसेवा वालेट खोली गैरकानुनी रूपमा आर्थिक कारोबार सञ्चालन गरिरहेको उजुरी प्रहरीमा परेको थियो।

    कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उप्रेतीले खोलेको ई-सेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ र इसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। 

    प्रहरीले उप्रेतीको साथबाट एउटा ल्यापटप, दुई थान मोबाइल, १६ थान एनसेलको सिमकार्ड, ३ थान नमस्तेको सिमकार्ड, एउटा स्मार्ट सिम, पेन ड्राइभ र मेमोरी कार्ड रहेका छन्।

    उप्रेतीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको एसपी आचार्यले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १६:५०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij