Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशन हुनुअघि कांग्रेसले जुलुस प्रदर्शन गर्ने

विशेष महाधिवेशन हुनुअघि कांग्रेसले जुलुस प्रदर्शन गर्ने


  • 1.3K
    Shares

    विशेष महाधिवेशन हुनुअघि कांग्रेसले जुलुस प्रदर्शन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने भएका छन् ।

     पुस २७ र २८ गतमा विशेष महाधिवेशन हुँदैछ । २७ पुस आइतबारको मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी छ ।

    विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले जुलुस प्रदर्शन गरिने बताएका छन्। केसीका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्ने छ ।

    सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको केसीले जानकारी दिएका छन् । ललितपुरको कुपन्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका सहभागीको सहभागिता रहने नेता केसीले जानकारी दिएका छन् ।

    कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै यो जुलुस भृकुटीमण्डप प्रवेश गर्ने बताएका छन्।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १६:३५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij