Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

माई खोला पुलमा बम राख्ने जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खगेन्द्र पक्राउ

माई खोला पुलमा बम राख्ने जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खगेन्द्र पक्राउ


  • 1.9K
    Shares

    माई खोला पुलमा बम राख्ने जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खगेन्द्र पक्राउ

    काठमाडौं । सार्वजनिकस्थलमा पटक र पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका कनकाई नगरपालिका-८ का ५५ वर्षीय खगेन्द्र खरेल पक्राउ परेका छन् । यही पुस १९ गते बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    २०८१ साल पुसमै सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर भेटिएपछि नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो । सो घटनामा समेत खरेल पक्राउ परेका थिए । त्यसैगरी, २०७८ साल चैतमा इटहरी-२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए ।

    पक्राउ परेका खरेल उपर आज जिल्ला अदलत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताएका छन् ।

    यही पुस १९ गते बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेपछि केही समय सवारी आवागमनसमेत ठप्प बनेको थियो । उक्त बमलाई नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो ।

    प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए । उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको तथ्य पनि खुलेको छ ।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १६:२९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij