Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पोखराका वडाध्यक्ष रामचन्द्र अधिकारी पक्राउ

पोखराका वडाध्यक्ष रामचन्द्र अधिकारी पक्राउ


  • 1.8K
    Shares

    पोखराका वडाध्यक्ष रामचन्द्र अधिकारी पक्राउ

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शुक्रबार वडा कार्यालयमा ताला लगाउन आएका स्थानीयसँग विवाद भएपछि उनले खुकुरी निकालेर प्रतिवाद गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

    सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । स्थानीयले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउन नहुने मागसहित वडा कार्यालयमा आज नै ताला लगाइदिएका छन् ।

    स्थानीय प्रत्यक्षदर्शीले भने वडाध्यक्ष खुकुरी सहित पक्राउ परेको दाबी गरेका छन् । यसबारे बुझ्न खोज्दा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।  

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १५:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij