२०८२ माघ ७ गते बुधवार
काठमाडौं । चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको बताएका हन् ।
रिमालले भने, ‘उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो । अहिले आएर उहाँले भिसाका लागि आवेदन नै दिनुभएन । अब जाने कुरा हुन्न ।
गुप्ताको अमेरिका भ्रमणलाई लिएर सामाजिक सञ्जाल लगायतमा उनको चर्को आलोचना भइरहेको थियो ।
फर्जी संस्थाबाट नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन अमेरिका जान लागेको भन्दै मन्त्री गुप्ताको आलोचना भइरहेको थियो ।
मन्त्रिपरिषद्को २१ पुसको बैठकले मन्त्री गुप्तालाई उक्त कार्यक्रममा भाग लिन जान स्वीकृति प्रदान गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij