२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएकी एक सुत्केरीको मृत्यु भएपछि विवाद उत्पन्न भएको छ । मृत्यु भएको तीन दिन बितिसक्दा पनि पीडित पक्ष र अस्पतालबिच सहमति नजुटेपछि मृतकको शव उठ्न सकेन ।
गत बुधबार साँझ ५ बजे उपचारका क्रममा गोदावरी नगरपालिका-८ बस्ने ३३ वर्षीया राधिका नेपालीको मृत्यु भएको थियो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन्।
मृतकका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै शव बुझ्न नमानेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार अस्पताल प्रशासन र पीडित परिवारबिच पटक-पटक छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन। अहिले मृतकको शव अस्पतालकै शव गृहमा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij