Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते


  • 1.9K
    Shares

    जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

    काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ अन्य ४ जना घाइते भएका छन् । 

    जाजरकोटको बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । पजारुबाट थलह तर्फ आउँदै गरेको जिपको ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

    चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा छेडागाडकी ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन् ।घाइते हुनेहरमा जिप चालक २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र २३ वर्षीया सितला रावत रहेका छन् ।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १४:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij