२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई निलम्बन गरेको छ । काउन्सिल स्रोतका अनुसार बिहीबार बसेको पूर्ण बैठकले रिजाललाई निलम्बन गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस देवले अहिले नै निर्णय सार्वजानिक गर्न नमिल्ने बताएका छन् । यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ ।काउन्सिलले दबाब थेग्न नसकेपछि डा. रिजाललाई निलम्बन गर्ने निर्णय गरेको हो ।
नेपाल मेडिकल काउन्सिल नियमावलीअनुसार कसैलाई बिरामी वा निरोगीको झुटो प्रमाणपत्र दिने, झुटा साक्षी वा वक्तव्य दिने कार्य गम्भीर आचारसंहिता उल्लंघन हो । यस्ता कार्यमा संलग्न चिकित्सकको लाइसेन्स खारेज गर्न सकिने स्पष्ट व्यवस्था छ । नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा सिधै लाइसेन्स खारेज गर्न सकिने प्रावधान पनि छ ।
तर काउन्सिलले लाइसेन्स खारेजबाट जोगाउँदै केही समयका लागि मात्रै निलम्बन गरेका छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij