२०८२ माघ ७ गते बुधवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।
दुर्गा प्रसाईँ, उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्की इजलासमा सुनुवाइ हुन लागेको हो ।
सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले दुर्गा प्रसाईँविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।
प्रसाईँले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएकोस्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij