Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

संवाद र सहमतिबाट एकताबद्ध तरिकाले अघि बढ्न कांग्रेस संस्थापनका ३० केन्द्रीय सदस्यको अपिल

संवाद र सहमतिबाट एकताबद्ध तरिकाले अघि बढ्न कांग्रेस संस्थापनका ३० केन्द्रीय सदस्यको अपिल


  • 862
    Shares

    संवाद र सहमतिबाट एकताबद्ध तरिकाले अघि बढ्न कांग्रेस संस्थापनका ३० केन्द्रीय सदस्यको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् । 

    ‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ,’ उनीहरूले अपिलमा लेखेका छन्, ‘अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तह लाई हार्दिक अपिल गर्दछौँ।’

    अपिल जारी गर्ने केन्द्रीय सदस्यहरूमा आङगेलु शेर्पा, सङ्ग्रौला, उदय शमशेर राणा, अर्जुन जोशी, पुष्पा भुसाल, राजेन्द्र केसी, देवेन्द्रराज कँडेल, नानु बास्तोलासहितका सदस्यहरू छन् ।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - ११:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij