२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिरामी परेको भन्दै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक अहिलेसम्म सुरु भएको छैन । शर्माले केन्द्रीय कार्यालय र कार्यवाहक सभापतिलाई बिरामी भएको जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले बुधबार मात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij