Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बालेनलाई लौरो अभियानको आग्रह : लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस्

बालेनलाई लौरो अभियानको आग्रह : लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस्


  • 407
    Shares

    बालेनलाई लौरो अभियानको आग्रह : लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस्

    काठमाडौं । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको हो ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह उनको वा उनको समूहको रहन नसक्ने लौरो अभियानका अभियान्ता डम्बर साहुले बताए । उनका अनुसार लौरो स्वतन्त्रहरुको प्रतिक हो ।

    बालेन साह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्न उनले माग गरे । लौरो चुनाव चिन्ह कुनै व्यक्ति, समूह वा गुटको नभएको बताए । 

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १७:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij