Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

खोला किनारा फैसलाको पुनरवलोकन रिटमा मिसिल झिकाउने आदेश जारी

खोला किनारा फैसलाको पुनरवलोकन रिटमा मिसिल झिकाउने आदेश जारी


  • 1.0K
    Shares

    खोला किनारा फैसलाको पुनरवलोकन रिटमा मिसिल झिकाउने आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरवलोकन रिटमा मिसिल कागज झिकाउने आदेश भएको छ ।

    सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी, तिल प्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मिसिल कागज झिकाउने आदेश  दिएको हो । 

    उपत्यकाको बागमती, विष्णुमतीलगायत नदी किनारामा २०-२० मिटर खाली छाडेर संरचना निर्माण गर्नुपर्ने भनी २०८० पुस २० मा गरेको फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले फैसला पुनरवलोकनको निवेदन दिएका थिए ।

    सरकारले काठमाडौं उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा विभिन्न तीन कारणले जटिलता हुने जिकिर गरेको छ ।

     

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १६:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij