२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।
सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जानकारी दिएका छन् ।
यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई बोलाएर भेलाहरू आयोजना गर्दै आएका थिए । उनीहरू निर्वाचनअगावै महाधिवेशन हुन नहुने पक्षमा अडान राख्दै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij