Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

उम्मेदवार चयनमा गगनको असन्तुष्टि, भने: हेप्ने काम अति भयो, अब चुप लाग्दैनौं

उम्मेदवार चयनमा गगनको असन्तुष्टि, भने: हेप्ने काम अति भयो, अब चुप लाग्दैनौं


  • 1.6K
    Shares

    उम्मेदवार चयनमा गगनको असन्तुष्टि, भने: हेप्ने काम अति भयो, अब चुप लाग्दैनौं

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभामा अन्य दलसँग तालमेल र उम्मेवार चयन गर्ने विषयमा फरक मत राखेका छन्। 

    बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकपछि थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै तालमेलको सैद्धान्तिक आधार नभएको र उम्मेदवार समेत नेताको खल्तीबाट झिकेर चयन गरिएकाले फरक मत राखिएको बताएका छन्।

    उनले एकलौटी ढंगले उम्मेदवार चयन गरेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएकाले त्यसको स्वामित्व आफूहरूले नलिने स्पष्ट पारेका छन्। 

    उनले भने, नाम सिफारिस हुन बाँकी नै छ। तर, उम्मेदवारहरू मनोनयन सिफारिस लिएर जिल्ला गइसके। यो त सिधैं केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन भयो। महामन्त्रीलाई हेप्ने काम त छदैछ, अब चुप लागेर बसिदैन।

    राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस,एमाले र जसपाबीच तालमेल भएको छ।  जसअनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट पाएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन हुने र आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।  

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १३:४८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij