२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस(एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशमा खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसैगरी मधेस प्रदेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल र गण्डकी प्रदेशमा कपिल लामालाई उम्मेदवार बनाएको छ ।
बागमती प्रदेशमा प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झा र लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी वृहस्पति अधिकारी र सर्जन बिक रहेका छन् ।
साथै, कर्णाली प्रदेशमा बुद्धिप्रसाद शर्मा र अन्जु महतरालाई उम्मेदवार बनाएको छ भने सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार छनोट गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij