Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एमालेले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ८ उम्मेदवार

एमालेले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ८ उम्मेदवार


  • 582
    Shares

    एमालेले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ८ उम्मेदवार

    काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो । 

    एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ । 

    साथै, एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताएका छन् । 

    कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन । सहमतिको प्रयास जारी रहेका बेला एमालेले उम्मेदवार छनोट गरेको जनाएको छ । 

     

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १२:४५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij