Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शेखर कोइराला पक्षलाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट

शेखर कोइराला पक्षलाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट


  • 659
    Shares

    शेखर कोइराला पक्षलाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ । नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको  हो ।

    कोइराला समूहले आफूले पाएको तीन सिटमध्ये मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ ।

    कांग्रेसको भागमा परेका अन्य ६ जनामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सिफारिसमा परेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मानिकट कसैलाई पनि सिफारिस गरिएको छैन । 

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १२:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij