२०८२ माघ ७ गते बुधवार
काठमाडौं । माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल नहुने भएको छ । एमालेका अध्यक्ष केपी ओली निवासमा मंगलबार राति अबेरसम्म भएको छलफलमा भागबण्डा नमिलेपछि नेकपा बाहिरेको छ ।
कांग्रेस र एमालेले आफूखुसी भागबण्डा गरेकाले एकल उम्मेदवारी दिने तयारी भइरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिएका छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आर्चायले कांग्रेस र एमालेसँग सहकार्य नहुने बताएका छन् ।
‘कांग्रेस र एमालेसँग गठबन्धनबाट बाहिरिएका छौँ । आ-आफ्नै ढंगले उम्मेदवारी दिन्छौँ । उम्मेदवारी दिँदैमा वार्ताको ढोका बन्द हुँदैन । सहमतिको सम्भावना बाँकी नै छ’, उनले भने ।
उम्मेदवारी दिने विषयमा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij