२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४९ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij