Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित


  • 1.1K
    Shares

    कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो ।

    प्रवक्ता डा. प्रकाशशरण महतले केही विषय मिलाउन बाँकी रहेकाले बैठक फेरि बस्ने गरी स्थगित भएको जानकारी दिए । उनले बैठक आजै (मंगलबार) केही समयपछि फेरि बस्ने पनि बताए । सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

    राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले चुनावी तालमेल गर्ने अन्तिम तयारी गरेका छन् । सोमबारको बैठकपछि कार्यवाहक सभापति खड्का केन्द्रीय सदस्य रमेश लेखकका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए ।

    त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए ।आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि संवाद भएको थियो ।

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १६:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij