Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शेखर कोइराला र संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूबीच छलफल

शेखर कोइराला र संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूबीच छलफल


  • 869
    Shares

    शेखर कोइराला र संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूबीच छलफल

    काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले डा. शेखर कोइरालासँग छलफल गरेको छ ।

    विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिएका छन् ।

    केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे कोइरालासँग आफूहरूले छलफल गरेको जानकारी दिएका छन् ।

    मोडालिटी तयार भइसकेपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियान चलाएको समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास आफूहरूको रहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १२:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij