२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।
तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन् । उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री समेत बनेका थिए ।
आगामी निर्वाचनमा पनि उमेशले सोही क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij