२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij