२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
सम्मानजनक सिट बाँडफाँड भएमात्र तालमेल गर्न सकिने, नभए एकल उम्मेदवारी दिने गरी दुई नेताबिच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका उनी सोमबार बेलुका स्वदेश फर्किएका थिए ।
माघ ११ गते राष्ट्रिय सभामा १८ पदको लागि निर्वाचन हुँदैछ । फागुन २० गते पदावधि सकिनेमा साबिक माओवादी केन्द्रको ७, एमालेको ८, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीको एकरएक जना छन् । कांग्रेसले ८ जना पाउनुपर्ने दाबी गरेको छ । तीन दलबिच तालमेलन गर्ने नै भए नेकपालाई दुई सिट दिन सकिने कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । तर नेकपाले कम्तीमा ५ सिट दाबी गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij