२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केही समय अगाडी पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।
गत आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।
राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ वटाका लागि चुनाव गर्न लागिएको हो। एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij