२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रियसभामा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ । १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो ।
सभापति पूर्णबहादुर खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेका कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले जानकारी दिइन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसले तालमेल गर्न आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा गराएको जानकारी दिइन् ।
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबिच तालमेलका लागि कुराकानी भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij