२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व पदाधिकारीका साथै थरुहट र थारुवान अभियन्ताहरूबिच समायोजन भएको छ । सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरेको हो ।
भदौ २३ र २४ को जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न रास्वपा र नाउपाका पूर्व पदाधिकारीहरूबिच सहमति भएको बताइएको छ ।
सहमति पत्रमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट÷थारुवान अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij