२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्किँदै छन् भने नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्।
भारत भ्रमणका क्रममा प्रचण्डले राजनीतिक भेटघाट पनि गरेका छन्। उनले भारत सरकारका सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटघाट गरेको जनाएको छ। उनी आज साँझ नेपाल एअरलाइन्सको जहाजबाट स्वदेश फर्किँदै छन्।
त्यस्तै, कांग्रेस नेत्री आरजु राणा सोमबार अपराह्न २ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेकी छन्। उनको भारत भ्रमणका विषयमा खुलाइएको छैन। उनले राजनीति भेटघाट गर्ने जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij