२०८२ माघ ८ गते बिहिवार
काठमाडौं ।धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा यो आदेश लागू गरिएको हो।
वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लङ्घन गर्ने जो-कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
आज बिहान १० बजे फेरि हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेका थिए । प्रजिअ दाहालका अनुसार दुवै समुदायको प्रदर्शनलाई ख्यालमा राखेर निषेधाज्ञा जारी गरिएको हो ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij