Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

विशेष महाधिवेशनबारे मध्यमार्गी बाटो खोज्न शेखर कोइरालाले थाले छलफल

विशेष महाधिवेशनबारे मध्यमार्गी बाटो खोज्न शेखर कोइरालाले थाले छलफल


  • 1.0K
    Shares

    विशेष महाधिवेशनबारे मध्यमार्गी बाटो खोज्न शेखर कोइरालाले थाले छलफल

    काठमाडौं । नेपाली कांग्रेसका इतर समूहका नेता डा.शेखर कोइरालाले पार्टीभित्र चुलिएको विवाद समाधानका लागि मध्यमार्गी बाटो के हुनसक्छ भन्नेबारे छलफल गरेका छन् । 

    आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा सोमबार बिहान डा.कोइरालाले छलफल गरेका हुन् । छलफलमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य डा।गोविन्दराज पोखरेल, कांग्रेस धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महतसहितका नेताहरू सहभागी थिए । 

    छलफलमा सहभागी केन्द्रीय सदस्य डा.पोखरेलले अहिले पार्टीभित्र देखिएको विवादको मध्यमार्गी समाधान के हुन सक्छ भनेर डा. कोइरालाले आफू निकटका नेताहरूसँग छलफल गरेको जानकारी दिएका छन्। 

    शुक्रबार कार्यसम्पादन समितिले बहुमतले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो निर्णयमा ५ जनाले फरक मत राख्दै पुसभित्र विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व लिई निर्वाचनमा जानुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको छ । 

    images
    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १३:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij