२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । तारकेश्वर नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम पौष २० गते आइतबारका दिन तारकेश्वर नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जन, उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष राधाकृष्ण खड्की, विभिन्न वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, वडा सचिवहरू, कर्मचारी, शिक्षक, राजनीतिक दलका प्रतिनिधिहरू, नगर प्रहरी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीहरूले नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यसम्बन्धी विभिन्न प्रश्न उठाउँदै सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए। नगर नेतृत्व तथा सम्बन्धित अधिकारीहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै सुधारका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रम तारकेश्वर नगरपालिकाको आधिकारिक फेसबुक पेज ‘हेलो तारकेश्वर नगरपालिका कार्यालय’, ‘बुलन्द आवाज’को फेसबुक पेज तथा नगरपालिकाले चार स्थानमा जडान गरेका डिजिटल बोर्डमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।







© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij