२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई तीव्र पारेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्।
एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारको एकल नाम सिफारिस भइसकेको छ। कतिपय जिल्लाबाट सर्वसम्मत रूपमा एकल नाम पठाइएको छ भने केही स्थानमा एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरी केन्द्रमा पठाइएको छ।
अहिलेसम्म एकल सिफारिस हुनेहरूमा पार्टी अध्यक्ष केपी शर्मा ओली झापा-५, महासचिव शंकर पोखरेल दाङ-२ र उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२, काठमाडौं-५ बाट ईश्वर पोखरेल, मधेस प्रदेशका सिरहा-३ बाट लीलानाथ श्रेष्ठ, रौतहट-१ बाट अजय गुप्ता, सर्लाही-३ बाट हरि उप्रेती, महोत्तरी-१ बाट लक्ष्मी महतो कोइरी गुल्मी-१ बाट प्रदीप ज्ञवाली, भक्तपुर-२ बाट महेश बस्नेत र कैलाली-४ बाट लेखराज भट्ट, को नाम पनि एकल सिफारिसमा परेको छ।
काठमाडौं-२ बाट मणिराम फुयाँल, बाँकेका दुई क्षेत्रबाट सूर्य ढकाल र दलबहादुर सुनार, कोशी प्रदेशको इलाम-२ बाट सुहाङ नेम्वाङ, कर्णाली र सुदूरपश्चिमबाट सुर्खेतका दुवै क्षेत्रमा ध्रुव शाही र कलाधर देवकोटा, नुवाकोट-१ बाट बद्री मैनाली, गोरखा-२ बाट मिलन गुरुङ, नवलपुर-२ बाट तिलक महत, कपिलवस्तु-१ बाट विश्राम चौधरी सल्यानबाट गुलाबजङ्ग शाह, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश ठगुन्नाको नाम एकल रूपमा सिफारिस भएको छ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ताको समय छ । त्यसअगाडि नै उम्मेदवार तय गर्न दलहरू जुटेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij