Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भीमफेदी सुमो दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४ जनाको पहिचान खुल्यो

भीमफेदी सुमो दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४ जनाको पहिचान खुल्यो


  • 1.0K
    Shares

    भीमफेदी सुमो दुर्घटना हुदाँ ६ जनाको मृत्यु,  ४ जनाको पहिचान खुल्यो

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।

    काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी सडकखण्डको जुरीखेतमा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारतको बिहारस्थित पटनाका ४२ वर्षीय रजनीश कुमार र बेगुसरायका ५० वर्षीय रविन्द कुमार रहेका छन्।

    त्यसैगरी हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल र हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवालको पनि दुर्घटनामा मृत्यु भएको छ। ज्यान गुमाउने अन्य दुई जना पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन। अन्दाजी ३५ र ४० वर्षका देखिने उनीहरूको नाम र ठेगाना पत्ता लगाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

    दुर्घटनामा सुमो चालकसहित ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा हेटौँडा–४ का ४५ वर्षीय चालक गणेश थापा, सोही स्थानका १२ वर्षीय अभ्यास लम्साल र रौतहटकी २१ वर्षीया रिचा चौधरी रहेका छन्।

    उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये चालक थापा र बालक लम्सालको अवस्था गम्भीर रहेको छ भने चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १०:५१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij