Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

विजय लघुवित्तको एफपीओ आजदेखि खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

विजय लघुवित्तको एफपीओ आजदेखि खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?


  • 841
    Shares

    • images
    विजय लघुवित्तको एफपीओ आजदेखि खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।

    साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपछि ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो।

    लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको हो।

    निष्काशन बन्द छिटोमा पुस २४ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १०:२६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij