Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

राष्ट्रिय मानवअधिकार आयोगमा ओलीको बयान जारी

राष्ट्रिय मानवअधिकार आयोगमा ओलीको बयान जारी


  • 1.4K
    Shares

    राष्ट्रिय मानवअधिकार आयोगमा ओलीको बयान जारी

    काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिइरहेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका विषयमा आयोगले ओलीसँग बयान लिएको हो ।

    आयोगकी सदस्य लिली थापाले ओलीसँग अहिले सोधपुछ गरिरहेको जानकारी दिइन् । जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। 

    आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो । २३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अधिक बल प्रयोग भएको, सरकारले गम्भीर लापरबाही गरेको बताएको थियो ।

    प्रहरीका सयौं कार्यालय, राजनीतिक दल, नगरपालिका तथा पालिका भवनहरू, प्रदेशका मन्त्रालयहरू तथा सयौं निजी घर तथा व्यापारिक प्रतिष्ठानहरूमा आगजनी गरेका थिए । यसक्रममा थप मानवीय क्षति भएको थियो ।

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १७:४१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij