२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।
रास्वपाले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
थपिएको पदाधिकारीमा, उपसभापति -१, महामन्त्री -१, सहमहामन्त्री-१ र सहप्रवक्ता -१ रहेको छ । अब ४ पदाधिकारी थपिएसँगै रास्वपा पदाधिकारीको संख्या कम्तिमा १४ सदस्यीय हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij