Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

तोकिएको मितिमा निर्वाचन सफल पार्नु सबै पक्षको साझा कर्तव्यः नारायणप्रसाद दाहाल

तोकिएको मितिमा निर्वाचन सफल पार्नु सबै पक्षको साझा कर्तव्यः नारायणप्रसाद दाहाल


  • 1.5K
    Shares

    तोकिएको मितिमा निर्वाचन सफल पार्नु सबै पक्षको साझा कर्तव्यः नारायणप्रसाद दाहाल

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका छन् । प्रमुख दलका नेताहरुले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उहाँले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गरेका हुन् ।

    आईतवार काठमाडौंमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौति र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीहरुको साझा कर्तव्य भएको समेत बताएका छन्। उनले संविधानको आवश्यक समिक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् । 

    उनले भने,‘ जेनजी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षको यथेष्ट ध्यान जान जरुरी पनि छ । साथै माग ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु हामी सबै नेपालीको साझा कर्तव्य हो भनेर बुझ्न पनि म अनुरोध गर्न चाहन्छु । संविधानलाई अझ प्रभावकारी, उत्तरदायी, जनमुखि बनाउन यो पुस्तकले सकारात्मक योगदान पु¥याउन सकोस् । संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ होस् । र जनताको बलिदानको सधैं सम्मान रहोस् ।’

    अध्यक्ष दाहालले जेनजी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षले यथेष्ट ध्यान दिनुपर्नेमा पनि जोड दिएका छन् । 

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १७:१२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij