२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उपसमितिलाई योग्य उम्मेदवार र छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको छ ।
उपसमितिको सदस्यहरू भने पार्टी सचिवालयले मनोनयन गर्नेछ । उपसमितिमा संयोजकसहित ७ जना सदस्य रहनेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij