Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

समीक्षा र रञ्जुसहित ७ जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

समीक्षा र रञ्जुसहित ७ जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन


  • 1.8K
    Shares

    • images
    समीक्षा र रञ्जुसहित ७ जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। 

    आइतबार काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनीलाई विधिवत् रूपमा अनुमोदन गरेको हो। 

    रास्वपाको केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्। 

    उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए । १३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबीच एकता भएको थियो ।   

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १६:०६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij