२०८२ माघ ७ गते बुधवार
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो।
यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए। पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले दुई जना मात्रै छलफलमा जुटेका हुन् ।
चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।
वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामको एनजीओका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुगेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij