Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्ने शिशिर खनालको खुलासा

बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्ने शिशिर खनालको खुलासा


  • 939
    Shares

    बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्ने शिशिर खनालको खुलासा

    काठमाडौँ । रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि बढाउन सकिनेमा छलफल भइरहेको नेता शिशिर खनालले खुलासा गरेका छन् ।

    फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक शक्तिबीच एकता वा कार्यगत एकताको प्रयासमा आफूहरु रहेको रास्वपा नेताले खनालको भनाइ छ । विकल्पका रुपमा उज्यालो नेपाल पार्टीको अगुवाइ गरिरहेका मन्त्री कुलमान घिसिङको नाममा छलफल भए पनि अब त्यो सम्भावना कम हुँदै गएको उनले बताए ।

    सोमबार राति प्रसारण हुने कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै खनालले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रहेर प्रधानमन्त्रीकै रुपमा देशलाई निकास दिन सक्ने अन्य पात्रका बारेमा पनि सोच्नुपर्ने बाध्यतामा हामी छौं । त्यस अर्थमा कुलमानजी हाम्रा लागि स्वभाविक पात्र हो । त्यसबाहेक काठमाडौंका मेयरसाब पनि अर्को पात्र हुन सक्नुहुन्छ।'

    रास्वपा सभापति रवि लामिछाने स्वाभाविक उम्मेदवार भए पनि उनीमाथि सहकारी ठगी र संगठित अपराधका मुद्दा चलिरहेकाले विकल्पका बारेमा रास्वपाले छलफल चलाइरहेको खनालको भनाइ छ ।

    सभापति लामिछाने पहिलो नाम भए पनि कानुनी अड्चनका कारण अन्य पात्रमा छलफल गर्नुपर्ने स्थिति रहेको स्पष्ट पार्दै खनालले हाल बालेन पक्षसँग छलफल भइरहेको बताए । 'सकेसम्म लचक भएर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, नीति, नेतृत्व र चिह्नमा सबै व्यक्तिलाई समाहित गर्ने काममा हामी लागिरहेका छौं,' उनले भने, 'मन्त्री घिसिङसँग केही साताअघिसम्म भएको छलफलले सकारात्मक रुप नलिएपछि अर्को विकल्पका रुपमा बालेन पक्षसँग नेगोसिएसन भइरहेको छ ।'

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - २१:४२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij