Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा ६८ सांसदको हस्ताक्षर बुझाउने तयारीमा कांग्रेस

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा ६८ सांसदको हस्ताक्षर बुझाउने तयारीमा कांग्रेस


  • 568
    Shares

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा ६८ सांसदको हस्ताक्षर बुझाउने तयारीमा कांग्रेस
    images

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना माग्दै नेपाली कांग्रेसका ६५ र ३ अन्य दलका सांसदको हस्ताक्षर सोमबार सर्वोच्चमा बुझाउने तयारी भएको छ । कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत पुनर्स्थापना माग्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउन लागेका हुन् ।

    एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको सङ्ख्या जोड्दा १४३ हुन्छ ।

    कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीका ६५ र अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर वारेसनामामार्फत सर्वोच्चमा बुझाउने तयारी भइरहेको जानकारी दिइन् । 

    यसअघि एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा दायर गरेको रिट मङ्सिर १० गते दर्ता भएको थियो ।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १४:४१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij