Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रमेशबाबुको ‘लाल तारा’ सार्वजनिक (युट्युबको लिंकसहित)

रमेशबाबुको ‘लाल तारा’ सार्वजनिक (युट्युबको लिंकसहित)


  • 2.0K
    Shares

    रमेशबाबुको ‘लाल तारा’ सार्वजनिक (युट्युबको लिंकसहित)

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रमेशबाबु श्रेष्ठको चुनावचिह्न केन्द्रित गीत ‘लाल तारा’ सार्वजनिक भएको छ। भृकुटीमण्डपमा शनिबार आयोजित सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतको उपस्थितिमा ‘लाल तारा’ सार्वजनिक गरिएको हो।

    लाल तारामा स्मिता दाहाल र रामकुमार नेपालीको स्वर छ। संगीत पनि रामकुमारले नै दिएका छन्। मुर्चुंगा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सञ्जय श्रीपाल र रमेश नेपालीले प्राविधि काम गरेका छन्। सुनीता खपांगीमगर, नानु बुर्जामगर र पविन्द्र सुनार सहायक कलाकारको भूमिकामा छन्। उक्त गीतको निर्देशन हुसेन मियाँले गरेका छन्।

    लाल तारामा कम्युनिस्ट आन्दोलनको एकता र परिवर्तनको सन्देश दिइएको गीतकार श्रेष्ठले जानकारी दिए। गीतकार श्रेष्ठ रामेछाप भंगेरीमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ जन्मिएकै घरका सदस्य हुन्। उनी बुबा स्व.नारायणबाबु र दाइ नरेशबाबुको प्रेरणाले राजनीतिमा होमिएका हुन्।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ०८:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij